खाेज्नुहाेस

सुदूरपश्चिम रोयल्सद्वारा अपि हिमाललाई समर्पित गर्दै नयाँ जर्सी सार्वजनिक

Image

नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले अपि हिमाललाई समर्पित गर्दै नयाँ जर्सी सार्वजनिक गरेको छ। टोलीले जर्सीलाई ‘अपि एडिसन’ नाम दिएको छ ।

सुदूरपश्चिमको प्राकृतिक सौन्दर्य, पर्यटन सम्भावना र जैविक विविधतालाई प्रवर्द्धन गर्ने उद्देश्यले तयार पारिएको जर्सीले अपि हिमाललाई विशेष रूपमा सम्मान गरेको छ । जर्सीको पछाडिको भागमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाइने बंगाल टाइगरको आकृति समावेश गरिएको छ ।

attariya hospital
navjiwan hospital

टोलीले ‘अपि एडिसन’ नाममार्फत अपि हिमालको पर्यटन प्रवर्द्धन र यस क्षेत्रको प्राकृतिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने प्रयास गरेको जनाएको छ ।

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले जर्सीमार्फत सुदूरपश्चिमको प्राकृतिक सम्पदा र पर्यटनलाई क्रिकेटसँग जोड्ने प्रयास गरिएको बताए ।

सुदूरपश्चिम रोयल्सले नयाँ जर्सी छिट्टै सर्वसाधारणका लागि बिक्रीमा उपलब्ध गराउने जनाएको छ । यससँगै समर्थकहरूले ‘अपि एडिसन’ जर्सी खरिद गर्न सक्नेछन् ।