बाजुरा – अनेरास्ववियुका नेता चेतनदीप अयडीको हत्या प्रकरणमा बाजुरा जिल्ला अदालतले छ जनालाई जन्म कैद हुने फैसला सुनाएकाे छ ।
घटना भएको करिब ४ वर्षपछि जिल्ला न्यायाधीश ताराप्रसाद डाँगीको इजलासले अयडीकाे हत्यामा संलग्न भएको पुष्टि गर्दै ६ जनालाई जन्म कैदकाे सजाय हुने फैसला सुनाएकाे हाे ।फैसलाअनुसार जङ्ग भन्ने शेरबहादुर अयडी, सागर अयडी, लाेकेश अयडी, खेमराज भन्ने खेम अयडी,जीवन अयडी र धनराज थापालाई जन्म कैद ठहर गरेकाे छ ।


उनीहररूलाई पीडित पक्षलाई जनही एक लाखका दरले क्षतिपूर्ति समेत दिन आदेश दिइएको छ ।
प्रतिवादी पदमबहादुर अयडी, बिनाेद अयडी, रूपा चाैधरी अयडी लगायतका १८ जनालाई भने अभियाेगबाट सफाई हुने ठहर गरिएको छ ।
४ मंसिर २०७९ मा भएको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका बेला बाजुराको कैलाशमाडौँमा एमालेनिकट अनेरास्ववियुका नेता चेतनलाई एउटा समूहले घर घेरा हाली क्रूरतापूर्वक हत्या गरेको थियो।
















