कञ्चनपुर – कञ्चनपुरको बेदकोट नगरपालिका–६ सिसैयाबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थसहित दुई जना पक्राउ परेका छन्।
प्रहरी चौकी सुडा, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ शंका लागी चेकजाँच गर्ने क्रममा बेदकोट नगरपालिका–१० हरपाल बस्ने २३ वर्षीय मिनबहादुर ठगुन्नासहित दुई जनालाई पक्राउ गरेको हो।


प्रहरीका अनुसार उनीहरूको साथबाट १५० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ फेला परेको थियो।
पक्राउ परेका दुवै जनामाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
सम्बन्धीत समाचार : कञ्चनपुरमा १३ ग्राम बढी खैरो हेरोइन सहित दुई जना पक्राउ

















