खाेज्नुहाेस

कञ्चनपुरमा १३ ग्राम बढी खैरो हेरोइन सहित दुई जना पक्राउ

Image

कञ्चनपुर – कञ्चनपुरमा प्रहरीले अवैध लागूऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिका–५ बनखेतमा लागूऔषधको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा चेकजाँच गर्दा एक जनालाई पक्राउ गरेको हो।

attariya hospital
navjiwan hospital

पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–६ बस्ने ३० वर्षीय हरिश प्रसाद जोशी रहेका छन्। उनलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा ११.०४ ग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।

यस्तै, भीमदत्त नगरपालिका–३ राजिपुरबाट पनि लागूऔषधसहित एक जना पक्राउ परेका छन्।

अस्थायी प्रहरी पोष्ट गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा चेकजाँच गर्दा कैलालीको जोशीपुर गाउँपालिका–१ घर भई हाल भीमदत्त नगरपालिका–३ राजिपुरमा कोठा गरी बस्ने २२ वर्षीय सुदीप चौधरीलाइ पक्राउ गरेकेा हाे । उनकाे  साथबाट २.३६ ग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता टेक बहादुर रावतले बताए ।

पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई कानुनबमोजिम आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।