खाेज्नुहाेस

सुदूरपश्चिम रोयल्स र मार्भल टेक्नोप्लास्टबीच दोस्रो वर्ष पनि साझेदारी

Image

धनगढी– मार्भल टेक्नोप्लान्ट र सुदूरपश्चिम रोयल्स बिचको सहकार्य निरन्तर रहने भएको छ । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्स र मार्भल टेक्नोप्लान्ट बिच लगातार दोस्रो वर्षका लागि पनि सहकार्य भएको हो ।

navjiwan hospital

मार्भल टेक्नोप्लास्ट लगातार दोस्रो वर्ष पनि टोलीको एक्सिलेन्स पार्टनरका रूपमा आबद्ध भएको छ । कार्यक्रममा रोयल्सका प्रमुख कार्यकारी निर्देशक प्रकाश खड्का र टेक्नोप्लास्टका उपाध्यक्ष पवनकुमार सन्चेतीले साझेदारी सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौतापछि प्रमुख कार्यकारी निर्देशक खड्काले दोस्रो वर्ष पनि सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी लागेको बताए ।

attariya hospital

उनले यस साझेदारीलाई अझ सुदृढ बनाउँदै ब्रान्डिङ, बजार विस्तार तथा व्यावसायिक प्रवद्र्धनका क्षेत्रमा थप प्रभावकारी रूपमा सहकार्य गरिने विश्वास व्यक्त गरे । टेक्नोप्लास्टका उपाध्यक्ष सन्चेतीले रोयल्ससँगको सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी लागेको बताए ।

उनले नेपाल प्रिमियर लिगजस्तो प्रतियोगिताले देशलाई खेलमार्फत एकताबद्ध बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । एनपीएलको तेस्रो संस्करणको तयारीमा रहेको रोयल्सले यसअघि पनि विभिन्न व्यावसायिक साझेदारसँगको सहकार्यलाई निरन्तर विस्तार गर्दै आएको छ ।