खाेज्नुहाेस

सेती नदीमा फसेका ११ जनाको उद्धार

Image

डोटी – डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका–२ स्थित सेती नदीमा फसेका ११ जनाको सशस्त्र प्रहरी बल नेपालको टोलीले शनिबार सकुशल उद्धार गरेको छ । स्थानीयहरू सेती नदीस्थित शिव मन्दिरमा पूजा गर्न गएकोमा नदीमा तटबन्ध निर्माण गर्न बाधिएको अस्थायी बाँध फुट्दा उनीहरू नदीको बिच भागमा फसेका थिए ।

navjiwan hospital

सोलगत्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर ३६ गण डोटीबाट सशस्त्र प्रहरी निरीक्षक सुशील भट्टको कमाण्डमा खटिएको टोलीले रवर वोटको प्रयोग गरी नदीमा फसेकाहरूको उद्धार गरेको छ ।

attariya hospital

उद्धार गरिएकाहरूमा स्थानीय ८६ वर्षीय मोहन पाठक, ७६ वर्षीय प्रेमबहादुर कठायत, ७० वर्षीय शिवराज कठायत, ६९ वर्षीय बालुराम कठायत, ७४ वर्षीय हेमराज जोशी, ६५ वर्षीय बाटु कठायत, ८० वर्षीय पदमराज भट्ट, ६० वर्षीया संजा श्रेष्ठ, ३८ वर्षीय दिपकराज पाठक, ९ वर्षीय कृष्ण कठायत र ६ वर्षीय ब्रण्डन कठायत छन् ।