खाेज्नुहाेस

हर्मुज नजिकै खस्यो अमेरिकी सेनाको अपाचे हेलिकप्टर

Image

अमेरिकी सेनाको अपाचे हेलिकप्टर स्ट्रेट अफ हर्मुज नजिकै मंगलबार खसेको छ।

हर्मुज नजिकै अमेरिकी सेनाको एउटा अपाचे हेलिकप्टर दुर्घटनाग्रस्त भएको द न्युयोर्क टाइम्सले जनाएको छ। हेलिकप्टरका दुई चालक दलका सदस्यहरूलाई सुरक्षित रूपमा उद्धार गरिएको सो घटनाबारे जानकारी पाएको दुई व्यक्तिहरूलाई उद्धृत गर्दै टाइम्सले लेखेको छ।

attariya hospital
navjiwan hospital

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि दुर्घटनाग्रस्त भएको सो हेलिकप्टरका पाइलटहरू सकुशल रहेको बताएका छन्।

न्यू योर्कबाट वासिङ्टन डि.सी. फर्कनुअघि जोन एफ. केनेडी अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा बोल्दै ट्रम्पले घटनामा कोही पनि घाइते नभएको बताए। सरकारले यस बारे मंगलबार प्रतिवेदन जारी गर्ने उनले बताए।

उक्त अपाचे हेलिकप्टर इरानी आक्रमणका कारण खसेको हो, प्राविधिक गडबढी भएको हो वा अन्य कुनै समस्या आएको हो भन्ने कुरा अझै खुलेको छैन।