खाेज्नुहाेस

नेपाल वाङ्मय परिषदद्वारा २०८२ मा पाँच स्रष्टा सम्मानित हुने

Image

अत्तरिया  – नेपाल वाङ्मय परिषद् धनगढीले २०८२ का लागि विभिन्न पाँच विधाका साहित्यिक सम्मान तथा पुरस्कार घोषणा गरेको छ। परिषद्का अध्यक्ष डा. पुष्करराज भट्टले सार्वजनिक गरेको निर्णयअनुसार भाषा, साहित्य र लघुकथा क्षेत्रमा योगदान पुर्‍याएका स्रष्टाहरू सम्मानित हुने भएका हुन्।

navjiwan hospital

घोषित सम्मानअन्तर्गत ‘नेपाली वाङ्मय साधना सम्मान’ मनोहर लामिछाने (सल्यान/भक्तपुर) लाई, ‘मातृभाषा वाङ्मय साधना सम्मान’ अमृत योञ्जन तामाङ (रामेछाप/काठमाडौं) लाई प्रदान गरिने भएको छ। त्यस्तै ‘पद्मा–रामचन्द्र लघुकथा सम्मान’ अच्युत घिमिरे (झापा/काठमाडौं), ‘राधिका–गोपालदत्त लघुकथा सम्मान’ महेश प्रसाईँ (माेरङ/काठमाडौं) तथा ‘कर्मयोद्धा सृजना सम्मान’ कर्ण दयाल (बैतडी) लाई प्रदान गरिने परिषद्ले जनाएको छ।

attariya hospital

नेपाल वाङ्मय परिषद्ले हरेक वर्ष साहित्य, भाषा तथा सिर्जनात्मक क्षेत्रमा योगदान पुर्‍याउने स्रष्टाहरूलाई सम्मान गर्दै आएको छ। यसअघि परिषद्ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा विभिन्न स्रष्टालाई सम्मान तथा कृति विमोचन कार्यक्रमसमेत सम्पन्न गरेको थियो।