महेन्द्रनगर – कञ्चनपुरमा बहुविवाह मुद्दाकी एक फरार प्रतिवादी पक्राउ परेकी छन् ।

उच्च अदालत दिपायलको २०८२ पुस २ गतेको फैसलाले बहुविवाह मुद्दामा १ वर्ष कैद सजाय र १० हजार रुपैयाँ जरिवाना तोकिएकी भीमदत्त नगरपालिका–११ बागफाटा बस्ने २६ वर्षीया निर्मला रतुकीलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शनिबार साँझ भीमदत्त नगरपालिका–२ भाँसी क्षेत्रबाट उनलाई पक्राउ गरेको जनाएको छ ।

















