काठमाडौं – चलचित्र लालीबजार विरुद्ध काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन भएको छ । आफ्नो समुदायको मानमर्दन र चरित्र हत्या हुनेगरी फिल्म ‘लालीबजार’ निर्माण गरिएको भन्दै बादी समुदायका प्रतिनिधिहरूले आइतबार प्रदर्शन गरेका हुन् ।

बादी समुदायको गर्विलो इतिहासलाई बङ्ग्याएर समाजमा नकारात्मक भ्रम फैलाउन खोजिएको आरोप लगाउँदै उनीहरूले उक्त चलचित्रको निर्माण र प्रदर्शनमा तुरुन्त रोक लगाउन माग गरेका छन् ।

प्रदर्शनमा उत्रिएका अधिकारकर्मीहरूले बादी जातिको सम्मान कायम गर, लालीबजार चलचित्र बन्द गर लेखिएका ब्यानर र प्लेकार्डहरू प्रदर्शन गरे ।
चलचित्रमा प्रयोग गरिएका दृष्यहरूले समुदायको नैतिकतामाथि प्रहार गरेको उनीहरूको तर्क छ ।

















