खाेज्नुहाेस

चलचित्र लालीबजार प्रदर्शनको बाटो खुल्यो

Image

काठमाडौं – चलचित्र लालीबजार प्रदर्शनको बाटो खुलेको छ । उच्च अदालत पाटनका न्यायाधीश खडानन्द तिवारी र नेत्रप्रकाश आचार्यको संयुक्त इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु पर्ने अवस्था नदेखिएको भन्दै चलचित्र प्रदर्शनको बाटो खुला गरिदिएको हो ।

navjiwan hospital

‘…रिट निवेदनमा माग गरेको विषयवस्तुमा अन्तिम सुनुवाइ हुँदा विचार हुन सक्ने अवस्था देखिएकाले हाल यस अदालतबाट वैशाख १५ मा भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु पर्ने अवस्था देखिएन,’ आदेशमा उल्लेख छ ।

attariya hospital

यसअघि वैशाख १५ गते उच्च अदालतले लाली बजारको प्रदर्शनमा रोक लगाउने आदेश दिएको थियो । न्यायाधीश प्रकाश ढुङ्गानाको एकल इजलासले चलचित्र प्रदर्शन नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

चलचित्र ‘लाली बजार’ वैशाख १८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा थियो । रोशनी नेपालीले दायर गरेको रिटमा सुनुवाइ गर्दै उच्च अदालत पाटनले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय समेतको नाममा कारण देखाऊ आदेश जारी गरेको थियो ।