काठमाडौँ- फिल्म ‘परालको आगो’ले प्रदर्शनको २ दिनमा देशब्यापी १ करोडभन्दा बढी ‘ग्रस’ संकलन गरेको छ। आइतबार दिउँसो १२ बजेसम्म फिल्मको ग्रस कलेक्सन १ करोड ६ लाख ८५ हजार रुपैयाँ छ ।

फिल्मका ३२ हजार भन्दा धेरै टिकट विक्री भएका छन् । निर्माता सुशील पोखरेलले पनि फेसबुकमार्फत दुई दिनको हिसाब सार्वजनिक गरेका छन् ।

‘दर्शकको अपार माया यसरी नै रहिरहोस् भन्ने चाहन्छु’ पोखरेलले लेखेका छन् ।
गुरुप्रसाद मैनालीको चर्चित कथामाथि आधारित फिल्ममा सुहाना थापा, प्रकाश सपुत, सिर्जना अधिकारी, सौगात मल्लको शीर्ष भूमिका छ । सामाजिक कथावस्तुमा आधारित यो फिल्म अहिलेको नेपाली समाजसँग सान्दर्भिक हुने दावी निर्माताको छ ।


















