काठमाडाैँ – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनका लागि ९० अर्ब युरो (१०५ अर्ब डलर) को ऋण स्वीकृत गरेकोमा बिहीबार स्वागत गरेका छन्।

हङ्गेरीका निवर्तमान प्रधानमन्त्री भिक्टर ओर्बानले ऋण स्वीकृत गर्न राखेको कडा अडानका कारण उक्त ऋण स्वीकृत हुन सकेको थिएन।

उनले भने, “आजको दिन हाम्रो रक्षा र युरोपेली सङ्घसँगको सम्बन्धका लागि महत्वपूर्ण दिन हो । युक्रेनका लागि युरोपेली सहयोगस्वरूप तय गरिएको ऋण दुई वर्षमा ९० अर्ब युरो खुला गरिएको छ,” जेलेन्स्कीले एक्समा भने।


















