खाेज्नुहाेस

केकीले निर्माण गर्ने फिल्म ‘स्टेसन’ को बंगलामुखीमा शुभमुहूर्त

Image

काठमाडौँ – अभिनेत्री केकी अधिकारीको निर्माण रहने फिल्म ‘स्टेसन’ को शुभमुहूर्त गरिएको छ । सोमबार अक्षय तृतीयाको अवसर पारेर ललितपुरस्थित बंगलामुखी मन्दिर परिसरमा फिल्मको शुभमुहूर्त गरिएको हो । मुहूर्त फिल्मका निर्देशक, निर्माता तथा प्राविधिक टोली सहभागी थिए ।

अभिनेत्री अधिकारीले नयाँ वर्षको अवसर पारेर निर्माणको घोषणा गरेको फिल्म सोसल ड्रामामा निर्माण हुन लागेको हो । २०८१ सालमा सफल फिल्म ‘बोक्सीको घर’ दिएकी केकीले सोही टिमसँगको सहकार्यलाई ‘स्टेसन’ बनाउन लागेकी हुन् ।

attariya hospital
navjiwan hospital

केकी अधिकारी फिल्मसको ब्यानरमा निर्माण हुने यस फिल्मलाई सुलक्षण भारतीले निर्देशन गर्नेछन् । फिल्मको कथा पनि स्वयं भारतीकै रहेको छ । फिल्मका निर्माता बद्री अधिकारी हुन् ।

मुहूर्त गरिए पनि निर्माण पक्षले यसमा अभिनय गर्ने कलाकारहरूको बारेमा भने अझैसम्म केही खुलाएको छैन । ‘स्टेसन’ मा कुन–कुन कलाकारले मुख्य भूमिका निर्वाह गर्नेछन् भन्ने कुरालाई गोप्य राख्दै निर्माण टिमले दर्शक माझ कौतुहलता कायम राखेको छ ।

वैशाख तेस्रो सातादेखि छायाङ्कनमा जाने फिल्म आगामी भदौ १९ गते प्रदर्शन हुने बताइन्छ ।