कञ्चनपुर – कञ्चनपुरमा लागू औषध सहित एक जना पक्राउ परेका छन ।

शुक्रबार बेलडाँडी गाउँपालिका–२ क्याम्प स्थितबाट लागू औषध खैरो हेरोइन ९ ग्राम ८४० मिलिग्रामसहित बेलडाँडी गाउँपालिका–४ बैवाह बस्ने २० वर्षीय बासुदेब महरा पक्राउ परेका हुन ।

उनलाई इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
















