काठमाडौं – हास्य टेलिभिजन शो कमेडी दरबारको तेस्रो सिजनको सुटिङ सुरु भएको छ । नयाँ वर्ष २०८३ को सुरुवातसँगै निर्माण टिमले सुटिङ सुरु गरेको हो भने प्रसारण यहि वैशाख ४ गतेबाट हुने बताइएको छ ।

सोमबार पुतलीसडकस्थित स्टुडियोमा दुई भागको सुटिङ सम्पन्न गरिएको छ । जसमा दुई चलचित्रको टिमको उपस्थिती थियो । पहिलो भागको रुपमा मितज्यू चलचित्रको टिमबाट दयाहाङ राई, सौगात मल्ल, शिशिर बाङ्देल, तेरिया मगर पाहुनाको उपस्थित थिए भने दोस्रो भागको रुपमा पहाड चलचित्रको टिमको उपस्थिती थियो ।

पहिलो र दोस्रो सिजनलाई दर्शकले दिएको साथका कारण निर्माण टिमले तेस्रो सिजनमा केहि परिवर्तन गरेको छ । यसपटक सेटमा केहि परिवर्तन देख्न पाइनेछ । साथै जज् प्यानलमा यसअघि दुईजना (महाराजा र महारानी) रहेका थिए भने अहिले थप एकजना रानीको रुपमा भित्राइएको छ । रानीको भूमिकामा अभिनेत्री दिया मास्के भित्रिएकी छिन् ।

















