खाेज्नुहाेस

गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण

Image

काठमाडौँ – कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री गीता चौधरीको पहलमा न्यूनतम समर्थन गहुँ र चैते धानको मूल्य निर्धारण भएको छ ।

नयाँ सरकार गठन भएलगत्तै मन्त्री चौधरीको पहलमा गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण भएको हो । चालु आर्थिक वर्षमा गहुँ र धानको मूल्य क्रमशः तीन हजार नौ सय ४५ रुपैयाँ प्रतिक्वीन्टल र दुई हजार आठ सय ५६ रुपैयाँ ४९ पैसा प्रतिक्वीटल मूल्य निर्धारण गरिएको हो ।

attariya hospital
navjiwan hospital

यो मूल्य १८ प्रतिशत चिस्यान भएको चैते धानको न्यूनतम समर्थन हो । १८ प्रतिशत भन्दा बढी चिस्यान भएमा प्रतिक्वीटल एक किलो दुई सय ग्रामका दरले तौल घटाई मूल्य कायम गरिने व्यवस्था गरिएको छ ।

गत वषको तुलनामा गहुँको मूल्य प्रतिक्वीटल ७७ रुपैयाँ ६२ पैसा र चैते धानको प्रतिक्विटल ५५ रुपैयाँ ८ पैसा वृद्धि भएको हो । गत आर्थिक गत वर्षमा गहुँको मूल्य तीन हजार आठ सय ६७ रुपैयाँ ३८ पैसा प्रतिक्वीन्टल र चैते धानको दुई हजार आठ सय रुपैयाँ ६९ पैसा प्रतिक्विटल रुपैयाँ थियो ।

सरकारले किसानलाई उचित मूल्य सुनिश्चित गर्न र उत्पादन वृद्धि प्रोत्साहन गर्न न्यूनतम समर्थन मूल्य निर्धारण गर्दै आएको छ ।