खाेज्नुहाेस

मतदाता शिक्षाका लागि कैलालीका सबै वडामा १/१ जना स्वयम सेवक खटिने

Image

धनगढी– मतदाता शिक्षाका लागि कैलालीका सबै वडाहरुमा १/१ जना स्वयम सेवक खटिने भएका छन । निर्वाचन कार्यालयले जिल्लाका १३ वटै पालिकाहरुका सबै वडाहरुमा १/१ जना स्वयम सेवक खटाउने भएको हो ।

navjiwan hospital

जिल्लामा कुल १२६ वडा कार्यालय रहेका छन । निर्वाचन कार्यालयले पनि १२६ जनालाई मतदाता शिक्षाका लागि खटाउने तयारी गरेको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी राजेश चोधरीले जानकारी दिए ।

attariya hospital

फागुन ३ देखि १७ गतेसम्म सञ्चालन हुने मतदाता शिक्षा कार्यक्रमका लागि महिला स्वास्थ्य स्वयम् सेविका, सामाजिक परिचालक लगायतमा कार्यरत महिलालाई छनोट गरिएको छ । छनोट भएका स्वमय् सेवकले लक्ष्य निर्धारण गरेर आ–आफ्नो वडामा मतदाता शिक्षा दिने जनाइएको छ ।

उनीहरुले मत सदर हुने, बदर हुने अवस्थाका बारेमा जानकारी दिनुका साथै सहि तरिकाले मतदान गर्नका लागि मतदातालाई सिकाउने सूचना अधिकारी चौधरीले बताए । मतदातालाई मतदाता शिक्षा दिनका लागि स्वयम् सेवकले नमूना मतपत्र लिएर कार्यस्थलमा खट्ने जनाइएको छ ।