खाेज्नुहाेस

अशान्तिको किनारमा उभिएको देश

Image

देशको अवस्था हेर्दा
मन भारी हुन्छ,
तर फेरि एक छिन रोकेर हेर्छु
जे जस्तो हुनुपर्थ्यो,
त्यस्तै भएर त चलिरहेकै छ।

समय आफ्नै नियममा बगिरहेको छ,
न हाम्रो चाहनाले रोकिन्छ,
न हाम्रो रिसले मोडिन्छ;
सोचे जस्तो भयो कि भएन भनेर
समयले कहिल्यै सोध्दैन।

attariya hospital
navjiwan hospital

तर मान्छेहरू…
किन एक अर्कालाई दोष दिएर
आफ्नै मनलाई जलाइरहेका छन्?
गाली, तनाव, चिन्ता र अशान्तिमा
किन जीवन साटिरहेका छन्?
को सक्छ र समय–परिस्थितिलाई
आफ्नो हातले थाम्न?

नदीलाई गाली गरेर
उसको बग्ने स्वभाव बदलिँदैन।
सबै कुरा
आफ्नै समयअनुसार चलिरहेको छ,
बगिरहेको छ,
ढिलो–छिटो सही,
तर आफ्नै दिशामा।
फेरि किन यो अशान्ति?
किन मनमुटाव फैलाएर
आफ्नै वरिपरि
अँध्यारो बनाइरहेका छौँ?

सायद
देश बदलिनु अघि
हामी बदलिनु पर्छ,
समयलाई दोष दिनुभन्दा
मनलाई बुझ्न सिक्नुपर्छ।
किनकि
समय त बगिरहन्छ, तर हामी चाहिँ
त्यसको किनारमै उभिएर
एक अर्कालाई ढुङ्गा हानिरहेछौँ।

जेनिशा ओझा, विद्यार्थी
 सुदूरपश्चिम विश्वविद्यालय  कैलाली बहुमुखी क्याम्पस