खाेज्नुहाेस

जनमोर्चाद्वारा अत्तरियामा प्रचारात्मक सभा आयोजना

Image

अत्तरिया – राष्ट्रिय जनमोर्चाले अत्तरियामा प्रचारात्मक सभा आयोजना गरेको छ । सोमबार राष्ट्रिय जनमोर्चा कैलालीले र्‍याली सहित प्रचारात्मक सभा आयोजना गरेको हो ।

navjiwan hospital

अत्तरिया बजार परिक्रमा गरेको र्‍यालीमा सङ्घीयता खारेज गर, सङ्घीयता धोका हो, भारतीय साम्राज्यवाद मुर्दावाद, भारतीय सेना नेपाली भूमि छोड, अमेरिकी साम्राज्यवाद मुर्दावाद, राष्ट्रिय स्वाधीनताको रक्षा गर, भ्रष्टाचारीलाई कारबाही गर लगायतका नारा लगाएका थिए ।

attariya hospital

¥याली पछि अत्तरियाको पूर्व रोडमा प्रचारात्मक सभाको आयोजना गरिएको थियो । राष्ट्रिय जनमोर्चा कैलालीका उपाध्यक्ष सभामणि भट्टको अध्यक्षतामा आयोजित कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवम् सुदूरपश्चिम अध्यक्ष नन्द राज भट्ट प्रमुख अतिथि रहेका थिए ।

सभामा प्रदेश उपाध्यक्ष हरिकृष्ण पाण्डे, प्रदेश सचिव राजाराम चौधरी लगायतको सहभागिता रहेको थियो । सभामा बोल्ने वक्ताहरूले सङ्घीयता खारेज गर्न जोड दिएका थिए ।