सातो पुत्लो थियो उड्दैअस्तित्वको ,
देशमा त्यत्रो दाख दिदा ।

गर्वान्वित भए लोकतन्त्र बच्दा ,
नेपाली आमाले साथ दिदा ।।
थियो प्रलयको झै दूर्दशा देशको ,
कालो अविरल दिन त्यो ।
न फाट्दै मडारिएकै आकाश आँधिमा ,
भेट्यौ नेपाल सुदिन यो ।।
हट्यो तुवाँलो त्यो मस्तिष्क क्षितिजको ,
किरण अशाको उदाउँदा।

बाच्यो लोकतन्त्र हूरी आँधीमा ,
प्र.म.आमा नेपाली पाउँदा ।।
खेलेको बुद्धिमत्ता वीर व्यक्तित्वको ,
छ ठूलाे भूमिका जो ,
रहने छ सम्झना हिमाल झै अटल ,
नेतृत्व सर्ब आमाको यो ।।
थियो आँधी तुफान विषालु बाहिरको ,
पस्दैथ्यो जीउधन गाग्री बीउ ।
रोक्दै टेक्यौ लोकतन्त्र नेपालीको ,
बधाइ छ सुशीला कार्कि ज्यू ।।
रचयिता:नरेन्द्र प्रसाद जोशी (प्रकृति प्रेमी )

















