खाेज्नुहाेस

तिमी पार्टीका गुलामहरू 

Image
गिर्दै गिर्दै तरल मतिले काम गर्छौ तमाम
च्यात्छौ आफ्ना परिचय सबै नाम पार्टी गुलाम
attariya hospital
खोस्छौ हाँस्दै प्रमुख पद ती भागबन्डा गरेर
रोप्छौ निक्कै बिउ कलहको स्वार्थ नामी बनेर ।
आसेपासे कमसल सबै विघ्नकारी मिलेर
निल्छौ ठेक्का कमिसन कठै बन्धकी भो विवेक
पोष्दै पार्टी क्षय मुलुकको गर्न साक्षी बसेर
गाल्छौ आत्मा पतित जड भई मातृभूमि यो डसेर ।
navjiwan hospital
पिट्दै डंका भ्रम लहरको लास मात्रै बनेर
बोक्छौ झन्डा अमुक दलको दास मात्रै बनेर
पार्टी नेता वरपर बसी भाष्य चर्को बनाई
स्वार्थी बन्छौ दिलखुस गरी देश खाल्डो गराई ।
होलान् गाडी महल गतिलो बैंक खाता दरिलो
आम्दानीका सयतिर खुला स्रोत होलान् भरिलो
भोग्नेछौ के अपच धन यी मेख मार्दै समाज?
भ्रष्टाचारी घर घर चुनी थुत्नु पर्ने छ आज ।
 प्रा. डा. मन प्रसाद वाग्ले