खाेज्नुहाेस

नेता कि मान्छे ?

Image
झुक्याई जनता लुटी मत थुती या किन्छ पैसो तिरी
ढुक्कै छिर्दछ ठालु भै सदनमा जागिर पक्का गरी
add everest academy
attariya hospital
थाल्यो सुँघ्न कमाउने धुन गरी डग्दैन नेता छ ऊ
देख्दा मानिस झैँ छ आकृति सबै मान्छे कहाँ हुन्छ ऊ?
attariya technical collage
आफ्नो गाउँ थलो चुनावी जगमा फुर्ती उकालो सरी
ठेक्काको अब काम गर्छ सब ऊ आदेश सारा गरी
तोड्दै न्याय र देशका नियम ती नेता बनेको छ ऊ
देख्दा मानिस झैँ छ आकृति सबै मान्छे कहाँ हुन्छ ऊ?
navjiwan hospital
व्यापारी सब छन् र मित्र असली गुन्डा फटाहा सब
आफ्नो शक्ति लगाउँदै गुन तिरी नाफा दिलायो जब
कुस्तै आर्थिकको उपार्जन भयो जित्नैछ वर्षौँ अरू
देख्दा मानिस झैँ छ आकृति सबै मान्छे कहाँ हुन्छ ऊ?
आम्दानी जति भो दशांस सहजै तिर्दै बनायो जग
पार्टी दङ्ग परी पुरस्कृत गरी भो निर्विकल्पै अब
आफ्ना ती दलका रिझाउन बडा दल्दैछ नौनी अरू
देख्दा मानिस झैँ छ आकृति सबै मान्छे कहाँ हुन्छ ऊ?
 प्रा. डा. मन प्रसाद वाग्ले