खाेज्नुहाेस

गजल : मेरी आमा

Image
जीवनको बाटोमा आँधी धेरै चल्यो है,
तर मेरी आमा कहिल्यै नझुकिनु भयो है।
add everest academy
attariya hospital
मनमा लुकाइ राख्नुभयो पीडाको कथा,
आँखाभरि माया, बोल्न नपाउनु भयो है।
attariya technical collage
बाबा गए टाढा, आँसु मनमा थामेर,
सन्तानको हाँसोमा खुसी खोज्नु भयो है।
navjiwan hospital
त्यो ओठमा हाँसो, त्यो मुखमा करुणा,
भगवान्को रूप तिमीमै भेटिनु भयो है।
म माया गर्छु आमा, तिम्रो त्यो धैर्यलाई,
मेरो जीवनको दीप तिमी नै बन्नु भयो है।
ललिता ठगुन्ना 
बी. एड. दोस्रो वर्ष
श्री सेटिगाउँ बहुमुखी क्याम्पस गोकुलेश्वर बैतडी