खाेज्नुहाेस

आवाज 

Image
बिस्तारै बिरालो चालमा
फर्किरहेका छन् उनीहरू – पुरानै लयमा ।
attariya hospital
उक्साइरहेका छन् हामीलाई – पुरानै शैलीमा ।
झुटो बोल्दै
घोषणा गर्दैछन आफैलाई –
युगकै महान् क्रान्तिकारी नेता ।
तर यस पटक हामी – मौन बस्ने छैनौँ ।
डराउँदैनौ अब हामी –
न त नैतिकताको मुखौटा लगाउनेहरूबाट,
न त गुण्डाहरूको धम्कीबाट ।
हाम्रो मौनता अब चिच्याउन थालिसकेको छ।
धैर्यताको डोरी चुँडिईसकेको छ ।
हामी कलाकार –
अब स्क्रिप्टबाट होइन,
navjiwan hospital
अनुभूतिबाट बोल्न थालेका छौँ ।
शब्दहरू अब संवाद होइनन् –
संघर्ष बनेका छन्।
र प्रतिरोध, हाम्रो अभिनय।
हामीले भन्नैपर्ने छ –
हामी कलाकार – गरिरहेका छैनौँ कुनै नाटक ।
हामी इतिहास देखाइरहेका छौँ।
र हरेक पटक –
जब हामी ऐना देखाइरहेका छौ
बदलिइरहेको छ शासकको अनुहार ।
तर
अब अनुहार बदलिनु पर्याप्त छैन।
अब चरित्र नै बदलिनुपर्ने बेला आएको छ।
 विजय बराल, कलाकार