खाेज्नुहाेस

आफू राजा हुनुपर्छ ठान्ने

Image
आफ्ना छोरा-छोरी को नाम
राजकुमार-राजकुमारी राख्ने ।
attariya hospital
आफ्नो श्रीमतीलाई रानी भन्ने
आफ्नो श्रीमानलाई राजा भन्ने ।
राजालाई सर्वशक्तिमान् र उपल्लो ठान्ने
आफ्नो मान्छे राजा हुनुपर्छ भन्ने ।
आफू राजा हुनुपर्छ ठान्ने
तर देशको राजा हुनु हुँदैन भन्ने ।
अचम्मको बिरोधाभाषमा
जकडिएको हाम्रो देश र समाज!
navjiwan hospital
अरूलाई `राम्रो´ भन्न नजान्ने
आफू `राम्रो´ बन्न नजान्ने ।
आफूले गरेको सधैँ `राम्रो´
अरूले गरेको सधैँ `नराम्रो´ ।
आफू हुँदा सबै `ठिक´
अरू हुँदा सबै `बेठिक´
हुने उही,
गर्ने उस्तै ।
भन्ने र ठान्ने मात्रै फरक-फरक।
अग्रगामी नेपालीको पश्चगामी परिभाषा ।
 केशव जोशी महेन्द्र नमुना माध्यमिक विद्यालय दार्चुलाका शिक्षक हुन् ।