बार बार यसरी हारी रहे ती प्रहार सँग
दोषी म छु या उ फैसला दोधार सँग।

रोजेको खोजेको त कहाँ पुग्छ र जिन्दगीमा
व्यर्थै के दोष दिनु निर्दोष निधार सँग ।
भुल्छौँ टेकेको धर्ती आकाशका कुरा गर्छौ
के गुनासो गर्नु र प्रिया तिम्रो बिचार सँग ।
हेर न उसलाई नाथे म जितेको घमण्ड छ

मलाई अझै गर्भ लाग्छ पहिरन अनि शृङ्गार सँग ।
कति सुन्दर हुन्छन् है सपना हरू सम्झिउ आस लाग्छ नसम्झिउ आँसु आउँछ
व्यर्थै के दुःख पोख्नु र अब उपहार सँग।
सायद मेरो पर्खाइ नै पक्कै गलत थियो
के दुःख पोख्नु र अब उसको दिग्दार सँग।
लेखक : रिजन पन्त
सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस



















