खाेज्नुहाेस

बजेट अभावका कारण निर्माणाधिन ‘नेपाल आमा’को मूर्ति अलपत्र

Image

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका– ८ मा निर्माणाधिन अवस्थामा रहेको नेपाल आमाको मूर्ति अलपत्र परेको छ । वडास्थित चुरेफेदमा रहेको भम्केनी धाममा निर्माणाधिन ७५ फिट अग्लो नेपाल आमाको मूर्ति बजेट अभावका कारण अलपत्र परेको हो ।

navjiwan hospital

जगतगुरु मोहनशरण देवाचार्यले आठ वर्षअघि साबिकका ७५ वटै जिल्ला चिनाउने गरी ७५ फिट अग्लो नेपाल आमाको मूर्ति निर्माणको सुरुवात गरेका थिए । मूर्ति निर्माणका लागि जगतगुरु मोहनशरण देवाचार्यले जनताको दानबाट केही धातु र नगद सङ्कलन गरे पनि राज्य स्तरबाट सहयोग नहुँदा मूर्ति निर्माणको कार्यले पूर्णता पाउन नसकेको हो ।

attariya hospital

राष्ट्रलाई जोड्ने अभियानका रुपमा मूर्ति निर्माण भैरहेकाले त्यसको पूर्णताका लागि सबैको सहयोग आवश्यक रहने देवाचार्यले बताए । मूर्ति निर्माणका लागि २०७४ सालमा भ्याली कन्स्ट्रक्सनलाई रु १० करोड ८१ लाखमा ठेक्का दिइएको थियो । जगतगुरु देवाचार्यले २०७२ साल वैशाखदेखि २०७४ माघसम्म नेपाललाई दाहिने पारेर परिक्रमा गर्दा २२ टनसम्म तामा, पित्तललगायतका धातु सङ्कलन भएका थिए । त्यसबाहेक स्थानीयले तीन टन धातु दान गरेका थिए । यही धातुबाट मूर्ति निर्माण सुरु भए पनि पर्याप्त बजेट नहुँदा निर्माण पूरा हुन सकेको छैन ।

भम्केनी धाममा नेपाल आमाको मूर्ति निर्माण सुरु गरिएपछि धामको महत्व बढेको र धार्मिक पर्यटक बढ्न थालेको स्थानीय बताउँछन् । पाण्डवहरू वनवासको समयमा यस क्षेत्रका कुवामा पानी निकाल्दा भक्कानिएर पानी आएकाले यसलाई भम्का भनिएको र यस क्षेत्रको इतिहास महाभारतसँग जोडिएको विश्वास गरिन्छ ।