अछाम– अछामको चौरपाटी गाउँपालिका– १ सिरफाली सडक सञ्जालमा जोडिएको छ । पालिकाकै विकट क्षेत्रका रुपमा रहेको सिरफाली पहिलो पटक सडक सञ्जाल सँग जोडिएको हो ।

निर्माणाधीन सेती राजमार्गबाट सिरफाली स्थित सरस्वती आधारभुत विद्यालयसम्म सडक पुगेको गाउँपालिका अध्यक्ष भीम बहादुर साउँदले बताए । उनले सो क्षेत्रमा सडक पु-याउन गाउँपालिकासँगको समन्वयमा सेती राजमार्ग कार्यालयले सहयोग गरेको बताए ।

अध्यक्ष साउँदले अझै करिब ५ किलोमिटर सडक बनाउन बाँकी रहेको बताए । उनका अनुसार भौगोलिक बिकटता तथा कडा चट्टानका कारण सडक पु¥याउन समस्या भईरहेको छ । चालु आर्थिक बर्षमा सुदूरपश्चिम प्रदेश सरकारबाट २५ लाख बिनियोजन भएको बताउदै उनले अपुग भए गाउँपालिकाले सहयोग गर्ने गरी चालु आर्थिक वर्ष भित्रै सो क्षेत्रमा सडक पु-याईने बताए ।


















