धनगढी – कैलालीको धनगढीमा मोटरसाइकलको ठक्करबाट एक युवती घाइते भएकी छन् । शनिबार बिहान मोहनापुल–अत्तरिया ६ लेन सडकअन्तर्गत धनगढी–४ को बोराडाँडीमासडक पार गर्ने क्रममा मोटरसाइकलले ठक्कर दिँदा धनगढी उपमहानगरपालिका–६ की २७ वर्षीया उर्मिला जैशी घाइते भएकी हुन ।

प्रहरीका अनुसार सुपप्र ०१–०१२ प ५५२६ नम्बरको मोटरसाइकलले सडक पार गरिरहेकी उर्मिलालाई ठक्कर दिएको थियो । दुर्घटनामा उनको टाउको र खुट्टामा चोट लागेको छ ।

युवतीलाई ठक्कर दिएर भएको मोटरसाइकल दुर्घटनामा चालक गोदावरी नगरपालिका–५, आदर्श टोलका ४२ वर्षीय हरिसिंह साउँद पनि घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
दुवै घाइतेको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा संलग्न मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


















