खाेज्नुहाेस

बेदकोट नगरपालिका– ६ र ७ जोड्ने मोटरेबल पुल निर्माण कार्य सुरु

Image
navjiwan hospital

महेन्द्रनगर– कञ्चनपुरको बेदकोट नगरपालिका– ६ र ७ जोड्ने मोटरेबल पुल निर्माणको कार्य सुरु भएको छ । नगरपालिकाको वडा नं. ६ मुसेपानी र वडा नं. ७ चौखुट्टी जोड्ने मोटरेबल पुलको निर्माण कार्य सुरु भएको हो । वडा नं. ६ का वडासदस्य जयानन्द पन्तले शुक्रबार पुल निर्माण कार्यको शिलान्यास गरे ।

करिब १४ करोड बढी लागतमा निर्माण हुन लागेको पुलको ठेक्का प्रेम जेभी निर्माण सेवा कम्पनिले पाएको छ । यसअघि संघ वा प्रदेश सरकारका मन्त्री साँसदबाट पुलको शिलान्यास गर्ने चर्चा चलेको भएपनि शुक्रबार वडासदस्य पन्तले पुलको शिलान्यास गरेका हुन ।

attariya hospital