अत्तरिया – सांसद नारायण प्रसाद (एनपी) साउँदले शुक्लाफाँटा आरक्ष पीडितका समस्या समाधान गर्न माग गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा आफ्नो कुरा राख्दै उनले ३४ आयोग बने पनि अहिले सम्म राज्यले उनीहरूका माग सुनुवाइमा गर्न ध्यान नदिएको भन्दै तत्काल समस्या समाधान गर्न माग गरेका हुन ।


उनले पूर्व प्रधानमन्त्री सुशील कोइरालाकै पालामा आरक्ष पीडितको सङ्ख्या यकिन गरी जग्गा र मुआब्जाको टुङ्गो लगाएको भए पनि अहिले सम्म बेवास्ता गरिएको बताए ।
उनले यसबिचमा ३४ आयोग बनाएर करोडौँ खर्च गरिए पनि सबै आयोगका सिफारिस बेवास्ता गरिँदै आएको बताए । उनले आरक्ष पीडितलाई जग्गा उपलब्ध गराउने र जग्गा उपलब्ध गराउन नसके आर्थिक सहायता गर्नु पर्ने बताए । उनले अहिले आरक्ष पीडित आमरण अनसनमा बसेको बताउँदै आरक्ष पीडितका समस्या तत्काल समाधान गर्न माग गरे ।















