अत्तरिया – सरकारले चैनपुर सेती जलविद्युत आयोजनाको निर्माण सुरु गरिने जनाएको छ । बिहीबार आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले २१० मेगावाट क्षमताको चैनपुर सेती निर्माण प्रारम्भ गरिने बताएका हुन ।

उनले आगामी आर्थिक वर्षमा कर्णाली बहुउद्देश्यीय आयोजनाको विस्तृत अध्ययन गरिने बताए ।

यस्तै पञ्चेश्वरको डिपिआर तयार गरी निर्माणमा अग्रसरता लिइने अर्थमन्त्री पौडेलले बताए ।



















