खाेज्नुहाेस

डोटीमा साइकलबाट लडेर एक बालकको मृत्यु

Image
डोटी – डोटीमा साइकलबाट खसेर एक बालकको मृत्यु भएको छ । शनिवार केआई सिंह गाउँपालिका–४ बाजकोट बस्ने १३ वर्षीय सुशील बिष्टको साइकलबाट खसेर मृत्यु भएको हो ।
attariya hospital
navjiwan hospital
वायल बजारबाट साइकलमा घर फर्किने क्रममा साइकलबाट लडेर गम्भीर घाइते भएका बिष्टको उपचारका लागि डडेलधुरा अस्पतालमा पु¥याइ जाँच गर्दा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
उनको साइकलबाट लडेर सडकबाट २० मिटर तल खस्दा टाउकोमा गम्भीर चोट लागेको थियो ।