कञ्चनपुर- मानव अधिकार तथा समाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलाईन्स) सुदूरपश्चिम प्रदेशको इन्चार्जमा कोमलनिरन्जन भाट चयन भएका छन ।

मानव अधिकार एलाईन्सको काठमान्डौमा सम्पन्न छैटौ राष्ट्रिय महाधिवेशनबाट अधिकारकर्मी कंचनपुरको बेतकोट नगरपालिका-६ का भाट केन्द्रीय सदस्य तथा सुप प्रदेश इन्चार्जमा चयन भएका भएका हुन ।

ईन्सेक कञ्चनपुरका पुर्व प्रमुख समेत रहेका भाट विभिन्न मानव अधिकार समाजिक क्षेत्रमा आबद्ध छन । भाटले झण्डै दुई दशकदेखि मानव अधिकारका क्षेत्रमा काम गर्दै आएका छन । उनले मानव अधिकार एलाईन्सबाट पाईएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने बताएका छन ।














