खाेज्नुहाेस

सुदूरपश्चिमका लेखा अधिकृतहरूको संघमा फिर्ता पठाउन माग

Image

धनगढी – वृत्ति विकासको अवसर नपाएको भन्दै सुदूरपश्चिम प्रदेशका लेखा समूहका कर्मचारीहरूले संघमा फिर्ता पठाउन माग गरेका छन्। लेखा समूहका कर्मचारीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सचिवलाई पत्र बुझाउदै संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय तथा महालेखा नियन्त्रक कार्यालयमा फिर्ता पठाउन माग गरेका छन् ।

navjiwan hospital

सन् २०७४ देखि प्रदेश सरकारअन्तर्गत कार्यरत लेखा अधिकृतहरूले २०७९ को प्रदेश निजामती सेवा ऐन र २०८१ को नियमावलीअनुसार संगठन व्यवस्थापन नभएको र वृत्ति विकासको अवसर नदिइएको गुनासो गरेका छन्। उनीहरूले अन्य सेवा समूहका कनिष्ठ कर्मचारीहरूको वृत्ति विकासको अवसर भए पनि लेखा समूहमा उपयुक्त व्यवस्था नदिएको आरोप लगाएका छन्।

attariya hospital

माग पूरा नभएसम्म भुक्तानी प्रक्रिया रोक्ने चेतावनी दिँदै लेखा समूहका कर्मचारीहरूले प्रदेश लेखा नियन्त्रण कार्यालयमा धर्ना दिएका छन्। उनीहरूले प्रशासन सेवाको नवौं तहदेखि माथि समूहको व्यवस्था हटाउन वा लेखा समूहको वृत्ति विकास सुनिश्चित गर्न दरबन्दी पुनरावलोकनको माग गरेका छन्।