खाेज्नुहाेस

कैलालीमा श्रमजीवि पत्रकार संघ गठन, अध्यक्षमा ठकुरी

Image

अत्तरिया– कैलालीमा श्रमजीवि पत्रकार संघ गठन गरिएको छ । श्रमजीवि पत्रकारहरुको हकहितका लागि आवाज उठाउने भन्दै आईतबार मीन ठकुरीको अध्यक्षतामा समिति गठन गरिएको हो ।

navjiwan hospital

समितिको उपाध्यक्षमा विरेन्द्र भट्ट, उपाध्यक्ष (पिछडीएको क्षेत्र) मा अंकुश कुँवर, महिला उपाध्यक्षमा निर्मला शाही, सचिवमा सुरेन्द्र ताम्राकार, सहसचिवमा धुर्व ओझा, सहसचिव (समावेशी) मा रञ्जना बिसी र कोषाध्यक्षमा पुस्कर पौडेल रहेका छन । यसैगरी समितिको सदस्यहरुमा राजकुमार साउँद, शारदा फुलारा, प्रेम चौधरी, शान्तिप्रसाद जोशी, महादेव गिरी, प्रेम ताडी र हरिश भट्ट रहेका छन ।
गठन पश्चात बसेको समितिको बैठकले विभिन्न निर्णयहरु गरेको छ ।

attariya hospital

समितिले मुख्य रुपमा अर्धवार्षिक बुलेटिन निकाल्ने निर्णय गरेको छ । उक्त बुलेटिनमा जिल्लाका श्रमजीवि पत्रकारहरुले लेखेका समाचार तथा लेखरचनाहरु प्रकाशित गरिने समितिका अध्यक्ष मीन ठकुरीले बताए । उनले उक्त लेखरचना तथा समाचार बुलेटिनमा प्रकाशित गर्दा सो वाफतको हुन आउने रकम सम्बन्धीत लेखकलाई प्रदान गरिने समेत बताए । जसले कैलालीमा काम गरिरहेका श्रमजीवि पत्रकारहरुलाई केही हदसम्म भएपनि जीविकोपार्जनमा सहज हुने उनको ठहर छ ।

‘यहाँ धेरै श्रमजीवि पत्रकाहरु छन, मेहनत गरेर समाचार लेखिरहेका हुन्छन तर त्यो समाचार लेखेवाफतको रकम उनिहरुले पाईरहेका हुदैनन्’ उनले भने ‘त्यस्ता श्रमजीवि पत्रकारहरुको हकहितमा बोल्नुका साथै उनिहरुलाई समाचार लेखनप्रति उत्प्रेरणा जगाउने उद्देश्यले हामीले बुलेटिन निकाल्ने निर्णय गरेका हौ ।’ उनले समितिले निरन्तर श्रमजीवि पत्रकारहरुका लागि काम गर्ने समेत बताए ।