खाेज्नुहाेस

डोटीमा घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु

Image
navjiwan hospital

डोटी – डोटीको जोरायल गाउँपालिका-३ पातलमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। ३९ वर्षीया भूमिसरा खड्काको सोमबार बिहान भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको स्थानीयले जानकारी दिएका छन्।

खड्का बिहान घरनजिकैको जंगलमा घाँस काट्न गएकी थिइन्। सन्तुलन गुमाउँदा उनी तल खोलामा खसेको स्थानीय उमेश साउँदले बताएका छन्। मृतकका श्रीमान्, दुई छोरा र दुई छोरी रहेका छन्।

attariya hospital