खाेज्नुहाेस

बैतडीमा किशोरी बेपत्ता पारेको आरोपमा प्रहरी पक्राउ

Image

बैतडी – बैतडीमा एक किशोरी बेपत्ता पारेको आरोपमा प्रहरी हवल्दार पक्राउ परेका छन्। जिल्लाको पञ्चेश्वर गाउँपालिका–२ डिम्बरकी १९ वर्षीया किशोरी बेपत्ता पारेको आरोपमा महाकाली प्रहरी चौकी डिम्बरका इन्चार्ज एवं प्रहरी हवल्दार कृष्णराज जोशीलाई पक्राउ गरिएको हो।

navjiwan hospital

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक (डीएसपी) मकेन्द्र मिश्रले प्रहरी हवल्दार जोशीलाई शुक्रबार नियन्त्रणमा लिएको बताएका छन्।

attariya hospital

किशोरी बेपत्ता भएको घटनामा जोशीको संलग्नता रहेको आरोप लगाउँदै स्थानीयले जोशीलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन्। स्थानीयले जोशीलाई महाकाली पारी भारततर्फबाट नियन्त्रणमा लिएका थिए। स्थानीयले दाम्लोले बाँधेर जोशीलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन्।