खाेज्नुहाेस

सेनाका कर्णेलको पहिरोमा पुरिएर मृत्यु

Image

काठमाडौँ- पहिरोमा पुरिएर नेपाली सेनाका एक लेफ्टिनेन्ट कर्णेल (प्रमुख सेनानी)को मृत्यु भएको छ । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी गौरव केसीका अनुसार मृत्यु हुनेमा सैनिक प्रतिष्ठान खरिपाटीमा कार्यरत कर्णेल मिलन केसी रहेका छन् ।

navjiwan hospital

उनी आफ्ना कोरियन साथीहरुसँग घुम्न सिन्धुलाल्चोक पुगेका थिए । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-४ बिमरेनी जंगल नजिकको सिन्धु बिच रिसोर्टमा बसेका थिए । पहिरो आएर साथीहरू पुरिएपछि उद्धार गर्न भनेर गएका उनी पनि पहिरोमा पुरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काले बताए ।

godawari nagarpalika dadhelo
attariya hospital

कर्णेल केसीको घर दोलखा हो । कोरियन नागरिकको अवस्था भने अहिलेसम्म पत्ता नलागेको एसपी खड्काले बताए ।