काठमाडौँ – शुक्रबार बिहानदेखिको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका तीन जिल्लामा मात्रै २१ जनाको मृत्यु भएको छ । काठमाडौंमा ९, ललितपुरमा ९ र भक्तपुरमा ३ जनाको बाढी, पहिरो, डुवान र घर भत्केर मृत्यु भएको प्रहरीले जनाएको छ ।

काठमाडौं प्रहरीका एसएसपी बसन्त रजौरेले अरु केही हराईरहेको र खोजी कार्य जारी रहेको बताए । भक्तपुरमा तीन जनाको मृत्यु भएको एसपी बेद विष्टले जानकारी दिए । ललितपुरबाट २ जनालाई हेलिकप्टर र २ सय ८१ जनालाई प्रहरी, सशसत्र र सेनाले विभिन्न स्थानबाट सकुशल उद्धार गरिएको छ ।


अविरल वर्षाका कारण बागमती, बिष्णुमति, रुद्रमति, नख्खु, बल्खुलगायतका नदी तथा खोलाको बहाव खतराको तहभन्दा माथि बगिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । डुवानले ठूलो धनमालको पनि क्षति भएपनि विवरण यकिन भइनसकेको प्रहरीले जनाएको छ ।
















