बाजुरा- बाजुरा र अछाममा राष्ट्रिय प्रशारण लाइन अन्तर्गतको विद्युत सेवा अवरुद्ध भएको छ ।

दीपायल साफेबगर ३३ केभी लाइनमा समस्या आएकोले अछाम र बाजुरामा विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण बाजुरा वितरण केन्द्रले जनाएको छ ।

बुधबार रातिदेखि बिग्रेको लाइनको समस्या पहिचान गरी मर्मत गर्न समय लाग्ने वितरण केन्द्रले जनाएको छ ।

















