खाेज्नुहाेस

मन्त्री भाट सहितको टोलीद्वारा अत्तरिया बसपार्कको अनुगमन

Image

अत्तरिया – कैलालीको अत्तरियामा रहेको बसपार्कको अनुगमन गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री ओमविक्रम भाट, पूर्व मन्त्री तथा नेकपा एमालेका नेता लेखराज भट्ट, गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्ट लगायत राजनीतिक दलका प्रतिनिधि, स्थानीय व्यवसायी तथा सरोकारवालाको उपस्थितिमा बसपार्क क्षेत्रको अनुगमन गरेका छन् ।

अत्तरिया बसपार्कलाई व्यवस्थित तथा सुविधा सम्पन्न बनाउन गोदावरी नगरपालिकाको पहलमा संयुक्त अनुगमन गरिएको हो । अनुगमनका क्रममा वर्षायाममा बसपार्क क्षेत्रमा हुने हिलाम्मे, पानी जम्ने तथा यात्रु र सवारीसाधनको आवागमनमा हुने समस्याबारे सरोकारवालाबिच छलफल गरिएको थियो ।

attariya hospital
navjiwan hospital

सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री ओमविक्रम भाटले अत्तरिया बसपार्कको समस्या समाधानका लागि प्रदेश सरकार गम्भीर रहेको बताए । उनले भने ‘अत्तरिया बसपार्क सुदूरपश्चिम प्रवेश गर्ने महत्त्वपूर्ण केन्द्र हो । यहाँको हिलाम्मे, अव्यवस्था तथा पूर्वाधार अभावको समस्या समाधान गर्न आवश्यक योजना बनाएर काम अगाडि बढाउनुपर्छ । यसका लागि प्रदेश सरकारको तर्फबाट आवश्यक बजेटको सुनिश्चितता गर्ने विषयमा पहल गर्छु ।’

अनुगमनपछि कुरा गर्दै गोदावरी नगर प्रमुख वीरेन्द्र भट्टले अत्तरिया बसपार्क सुदूरपश्चिमकै महत्त्वपूर्ण यातायात केन्द्र भएकाले यसको व्यवस्थापन र स्तरोन्नति आवश्यक रहेको बताए ।
उनले आजको अनुगमनबाट देखिएका समस्या समाधानका लागि प्रदेश सरकार, सम्बन्धित निकाय र सरोकारवालासँग आवश्यक समन्वय गरी काम अगाडि बढाइने बताए । उनले बसपार्कलाई व्यवस्थित, सुरक्षित र यात्रुमैत्री बनाउन नगरपालिकाले आवश्यक पहल गरिरहेको समेत बताए ।

मन्त्री भाटको बजेट सुनिश्चिततासम्बन्धी आश्वासनपछि स्थानीय व्यवसायी तथा सरोकारवालाले अत्तरिया बसपार्कको दीर्घकालीन व्यवस्थापन र स्तरोन्नतिका लागि अब ठोस काम अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् ।