खाेज्नुहाेस

बेलौरीमा ब्राउनसुगरसहित धनगढीका युवक पक्राउ

Image

कञ्चनपुर – कञ्चनपुरको बेलौरी नगरपालिका–१ फटैयाबाट ब्राउनसुगर सहित एक युवक पक्राउ परेका छन्।

navjiwan hospital

शनिबार बिहान प्रहरीले धनगढी उपमहानगरपालिका–३ बोराडाँडी बस्ने २३ वर्षीय नितेश रानालाई ५९० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित पक्राउ गरेको हो।

attariya hospital

प्रहरी चौकी फटैया, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले सु.प.प्र ०१–०१२ प ७७७० नम्बरको मोटरसाइकलमा सवार रानालाई चेकजाँचका क्रममा उक्त पदार्थसहित नियन्त्रणमा लिएको जनाएको छ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।