खाेज्नुहाेस

मोटरसाइकल दुर्घटनामा परी वरिष्ठ हवल्दारको मृत्यु

Image

चितवन- चितवनको खैरहनी नगरपालिका–८ मा मोटरसाइकल दुर्घटनामा परी नेपाल प्रहरीका वरिष्ठ हवल्दारको मृत्यु भएको छ । बाबा पेट्रोल पम्प नजिक बागमती प्रदेश ०३–००३ प ६३७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ४३ वर्षीय वरिष्ठ हवल्दार हेमन्तकुमार श्रेष्ठको मृत्यु भएको हो ।

navjiwan hospital

गम्भीर घाइते श्रेष्ठको आज बिहान चितवन मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । लमजुङको राइनास नगरपालिका धमिलीकुवाका श्रेष्ठ मकवानपुरको मनहरी इलाका प्रहरी कार्यालयमा कार्यरत थिए ।

godawari nagarpalika dadhelo
attariya hospital

दुर्घटनाको कारण नखुलेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।