खाेज्नुहाेस

ओलम्पिकको भव्य उद्घाटन

Image

पेरिस ओलम्पिक-२०२४ को भव्य उद्घाटन गरिएको छ। शुक्रबार राति सीन नदीमा खेलको ऐतिहासिक ओपनिङ सेरमोनीको आयोजना भएको हो। पहिलो पल्ट ओलम्पिक कुनैपनि स्टेडियम बाहिर भएको हो।

४ घण्टा चलेको सेरमोनीमा पपस्टार लेडी गागा, आया नाकमुका लगायतले आफ्नो प्रस्तुति दिएका थिए। साथै ओलम्पिक मशाल पनि मुख्य आकर्षण बनेको थियो। नेपालबाट भने स्यान्टु श्रेष्ठ र मनिता प्रधान श्रेष्ठले झन्डा बोकेका थिए।

attariya hospital
navjiwan hospital

६ किलोमिटर लामो परेड अफ नेशन्समा २ सय ६ देशका ६ हजार ५०० बढी खेलाडीले ९४ डुंगामा सवार हुँदै आफ्नो देशको झन्डा फहराएका थिए। सबैभन्दा अगाडि ग्रिसको झन्डा रहँदा नेपाल र नारु एउटै डुंगामा सयर भएका थिए।

राति २:४० बजे खेलाडीको शपथपछि फ्रान्सको संस्कृतिको प्रतीक आइफिल टावरमा लेजर लाइट शो भएको थियो। ओलम्पिक मशाल फ्रान्सका दिग्गज खेलाडीहरू हुँदै विश्वका महान खेलाडीहरूले लिएका थिए। जसमा फुटबल लिजेन्ड जिनेदिन जिदान, टेनिस लिजेन्ड राफेल नाडाल, धावक कार्ल लुइस हुँदै फ्रान्सका बाँचेका मध्येका सर्वाधिक पाका ओलम्पिक च्याम्पियन एक सय वर्षीय साइकल चालक चाल्स कोस्टेसँग पुगेको थियो।

त्यसपछि सेलोनी डियोनको सुरीलो आवाजसँगै हट बेलुनले उडान भर्‍याे। यसको साथ १०० वर्षपछि पेरिसले ओलम्पिक खेलको भव्य स्वागत गर्‍याे।