खाेज्नुहाेस

त्रिशूलीमा खसेका बस र यात्रुको अवस्था अझै अज्ञात

Image

काठमाडौँ – मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत सिमलतालमा शुक्रबार बिहान लेदोसहितको पहिरोमा परेर त्रिशूलीमा बेपत्ता भएका दुई वटा बस र ती बसमा रहेका यात्रुको अवस्था अझै थाहा हुन सकेको छैन ।

navjiwan hospital

चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट त्रिशूलीमा खसेका दुई वटा बस र यात्रुको खोजी आज पुनः सुरु गरिएको छ । खोजीका लागि सेना र सशस्त्र प्रहरीका गोताखोर र नेपाल प्रहरी घटनास्थलमा पुगिसकेको छ ।

godawari nagarpalika dadhelo
attariya hospital

काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स नदीमा खसेका छन ।

एन्जल डिलक्समा २४ यात्रु र गणपति डिलक्समा ३१ जना यात्रु सवार थिए । गणपति डिलक्सबाट हाम फालेर निस्केका ३ रौतहटका नन्द दास, जोगेश्वर राय यादव र सुरज गुप्ता भने प्रहरीको सम्पर्कमा छन् । उनीहरुको भरतपुरका अस्पतालमा उपचार भइरहेको छ ।