खाेज्नुहाेस

पत्रकार महासंघको चुनाव स्थगित

Image

काठमाण्डौ – नेपाल पत्रकार महासंघको असार २२ गते शनिबारका लागि तोकिएको निर्वाचन कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको छ। हिजो महासंघको केन्द्रीय निर्वाचन समितिले विज्ञप्ति निकालेर आजका लागि निर्धारित चुनाव स्थगित भएको जनाएको हो ।

navjiwan hospital

चुनाव गर्नका लागि निर्वाचन समिति प्रतिबद्ध रहँदा रहँदै पनि सहज वातावरण बन्न नसकेकोले आजका लागि निर्धारित मतदानको कार्यक्रम हुन नसक्ने विज्ञप्तिमा उल्लेख छ ।

godawari nagarpalika dadhelo
attariya hospital

पत्रकार महासंघबाट मतदान हुने मिति तोकी आएमा चुनावी कार्यक्रम अघि बढाउन सकिने पनि समितिले जनाएको छ । महासंघले यसअघि जेठ २६ गतेका लागि चुनावको मिति तय गरेकोमा त्यो स्थगित गर्दै आजका लागि तोकेको थियो । सदस्यता विवादले महासंघको निर्वाचन प्रक्रिया स्थगित हुँदै आएको छ।