वर्षा भएपछि बैतडीका किसानलाई धान रोप्न भ्याइनभ्याइ

बैतडी- वर्षा भएपछि बैतडीका किसानलाई धान रोप्न भ्याइनभ्याइ छ । आकासे पानीमा निर्भर जिल्लाका किसानलाई यतिबेला रोपाइँको चटारो छ ।

maya metro hospital

दोगडाकेदार–३ श्रीकोटका गणेशसिंह विष्टले सिँचाइ सुविधाको अभावमा आकासे पानीको भर परेका किसान केही दिनदेखि भइरहेको वर्षासँगै धमाधम रोपाइँ गरिरहेका बताए ।

जिल्लामा धानखेती हुने क्षेत्रमध्ये ४० प्रतिशतमा मात्रै सिँचाइ सुविधा पुगेको छ । कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख घनश्याम चौधरीले सिँचाइ सुविधा भएका ठाउँमा रोपाइँ सकिएको बताए । उनका अनुसार बैतडीमा ७० प्रतिशत रोपाइँ सकिएको छ ।

attariya hospital

गत वर्ष असार मध्यसम्म ८५ प्रतिशत रोपाइँ सकिएकामा यो वर्ष समयमा वर्षा नहुँदा ७० प्रतिशत मात्रै रोपाइँ सकिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.