गोदावरीमा कार्यालयमै गर्ने भनिएको माटो शिविरमा किसानले चासो दिएनन

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाको कृषि शाखाले कार्यालयमै माटो शिविरको आयोजना गरेपनि किसानले चासो नदिएको पाइएको छ । शाखाले असार २ गते सूचना जारी गर्दै किसानहरुलाई निशुल्क माटो शिविर आयोजना गरिएकाले कार्यालयमा माटोको नमूना पठाउन भनेको थियो ।

maya metro hospital

तर, ७ दिने म्याद रहेको उक्त सूचना अवधिमा १० जनाले मात्रै माटोको नमूना पठाएको कृषि शाखाकी प्रमुख नन्दी मल्लले बताइन् । उनले कम्तीमा ५० वटा नमूना भएमात्रै माटो परिक्षण गर्न सकिने भएका ति १० नमूना पनि थन्किएको बताइन् ।

‘हामीले कम्तीमा १ सय माटोको नमूना परिक्षण गर्ने उद्देश्यले सूचना जारी गरेका थियौ’ उनले भनीन् ‘१० वटा मात्रै नमूना आएपछि परिक्षण गर्ने योजना स्थगित भएको छ ।’ उनले एक किट बक्समा ५० नमूना परिक्षण गर्न मिल्ने भएकाले उक्त किट बक्स एक पटक खोलेपछि बिग्रने भएकाले १० वटा नमूना परिक्षण नगरिएको बताइन् । प्रत्येक वडामा सूचना दिएर पनि किसान नआइदिएको उनको भनाइ छ ।

attariya hospital

उनले माटो परिक्षण शिविरका लागि मल तथा बीउ परियोजनाबाट किट सहयोग पाइएको बताइन् ।

माटो परिक्षण सँगै माटोको नमूना संकलन गर्ने तरिकाको लागि पनि प्राविधिक ज्ञान आवश्यक पर्छ । कृषि शाखाकी प्रमुख मल्लले ग्रेप परियोजना मार्फत यसअघि नै प्रत्येक वडामा तालिम दिइसकिएको बताइन् । किसान किन माटो परिक्षण गर्न आएनन भन्ने बारेमा बुझ्न नसकिएको उनको भनाइ छ ।

माटो परीक्षणका क्रममा माटोमा भएको खाद्यतत्व, पिएच्, प्राङ्गारिक तत्व, इलेक्ट्रिकल कन्डक्टिभिटी आदिको विश्लेषण गरिन्छ । माटो परीक्षणले किसानलाई माटोको गुणस्तर र यसको सुधारबारे जानकारी दिन्छ ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.